Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमण पुष्टि भएको पाँचौं दिनमा डिस्चार्ज भए निदान अस्पतालका ११ कर्मचारी


    सोमबार, भाद्र ८ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पुल्चोकस्थित निदान अस्पतालका आठ जना नर्ससहित ११ जना कर्मचारी संक्रमण पुष्टि भएको पाँचौं दिनमा डिस्चार्ज भएका छन्।

    सोमबार गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर अभिषेक श्रेष्ठले जानकारी दिए। उनीहरुमा गत साउन २ गते संक्रमण पुष्टि भएको थियो।

    जसमा ८ जना नर्स र बाँकी सरसफाइ तथा अन्य कर्मचारी हुन्। संक्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पतालकै कोभिड वार्डमा भर्ना गरिएको थियो।

    कोभिड वार्ड छु्ट्टै भएकाले अस्पतालले अन्य सेवा भने रोकेको थिएन। अहिले पनि अस्पतालले नियमित सेवा प्रदान गरिरहेको निर्देशक श्रेष्ठले जनाए।

    यसअघि पनि अस्पतालका दुई जना कर्मचारीमा कोरोना देखिएको थियो। उनीहरूकै कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूको परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार