Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथिको अन्याय विरुद्ध बोल्यो मानव अधिकार आयोग


    सोमबार, भाद्र ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र फ्रण्टलाइनमा काम गरिरहेका सुरक्षाकर्मीलाई दुर्व्यवहार नगर्न अपिल गरेको छ ।

    पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि हेयको भावले दुर्व्यवहार गर्ने गरेको पाइएको छ । 

    आयोगका सचिव  वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी जनस्वास्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएका छन् ।

    यसप्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले आग्रह गरेको छ ।

    यस प्रकारका घटनाहरुको छानबिन गरी दोषी माथि कानुनी कारबाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेको छ । उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन आयोगले सरकारलाई अपिल गरेको छ ।

    हालै चितवनमा कोरोना संक्रमित चितित्सकको घरबाहिर स्थानीयले कोरोना संक्रमितको घर भनी ब्यानर टाँस्न खोजेका थिए भने काठमाडौंमा  निजामती कर्मचारी अस्पतालका चिकित्सकहरुमाथि पनि दुर्व्यवहार भएको थियो ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगले अनुगमन गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार