Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित प्रहरी बढ्दै, अहिलेसम्म १ हजार १४२ जना संक्रमित


    सोमबार, भाद्र ८ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फ्रण्टलाइनमा काम गर्दै आएका प्रहरीमा कोरोना संक्रमण देखिने क्रम बढिरहेको छ ।  पछिल्लो दुई सातामा मात्र प्रहरीमा उच्चदरमा संक्रमण देखिएको छ।

    अहिलेसम्म नेपाल प्रहरीका दुई डीआईजीसहित १ हजार १ सय ४२ मा संक्रमण पुष्टि भैसकेको छ । तीमध्ये ७ सइ ४४ जना सक्रिय संक्रमित छन् । ३ सइ ९८ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय १ र काठमाडौं उपत्यकाका ७९ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ५३, प्रदेश २ मा १ सय २६, बागमती प्रदेशमा ५०, गण्डकीमा २८, प्रदेश ५ मा ७९ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १२ जना सक्रिय संक्रमित छन् ।

    देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार