Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा मात्रै २७ प्रहरीमा कोराना संक्रमण


    सोमबार, भाद्र ८ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ।

    ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ।

    क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।

    अहिलेसम्म कैलालीमा ४, कञ्चनपुर ६, डोटीमा ३, अछाममा ७ बाजुरामा ६ र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको सिंहले बताए।

    संक्रमितमध्ये १३ जनको उपचार भइरहेको छ भने १४ जना डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार