Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • वीरगञ्जमा थपिए ५३ कोरोना संक्रमित, आयल निगम र भन्सारका कर्मचारीमा पनि संक्रमण पुष्टि


    सोमबार, भाद्र ८ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या सोमबार पनि बढेको छ । सोमबार नेपाल आयल निगम अमलेखगञ्न डिपो र वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको हो ।

    नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    आयल निगमका नौ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले दिएको जानकारीअनुसार आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । १९ जना संक्रमित बाराका बासिन्दा हुन् ।

    ५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो । जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष कृष्णबहादुर ठकुरीले जनाए । उनका अनुसार १६ जनामध्ये ९ जना नेपाल आयल निगमका कर्मचारी हुन् । बाँकी ट्यांकर चालक र स्थानीय हुन् ।

    पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा १४ जना संक्रमित थपिएका छन् । गत भदौ ५ मा उक्त वडामा ९५ जनाको स्वाब संकलन गरिएको थियो । वीरगञ्ज महानगरपालिका–१५ भिस्वामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार