मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा निषेधाज्ञाको अवधि थप भएको छ। थप भएको अवधि अनुसार भदौ १५ गतेसम्म नै हेटौंडामा निषेधाज्ञा लागु हुनेछ।
सोमबार हेटौंडामा भएको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। साउन २६ गतेबाट सुरू भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै थियो।
सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।