काठमाडौं । अघिल्लो दिनको तुलनामा सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको हो ।
नेपालका अधिकांश जिल्लामा यतिबेला निषेधाज्ञा जारी भएपनि सुनचाँदी व्यवसाइ महासंघले दैनिक भाउ भने तोकिरहेको छ ।
अमेरिकी डलरको मूल्यमा सुधार आएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।