Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यदल प्रतिवेदनमाथि ओली-प्रचण्डबीच सघन छलफल हुँदै


    सोमबार, भाद्र ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ । 

    सोमबार प्रम निवास बालुवाटारमा दुई अध्यक्षबीच सघन छलफलको तयारी रहेको बालुवाटार स्रोतले जानकारी दिए । 

    गत शनिबार नेकपा कार्यदलले १६ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो । सो सुझावसहितको प्रतिवेदनमा सरकारको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने लगायतको सुझाव रहेको बताइएको छ । 

    कार्यदलको सुझाव अनुसार प्रम ओलीले अहिले नै राजीनामा दिनु नपर्ने र स्थायी समिति बैठक अघि बढाउनुपर्ने सुझाव दिएको छ । यस्तै पार्टीको महाधिवेशन पनि चैतकै लागि उपयुक्त हुने सुझाव समेत दिएको छ ।

    नेकपा विवाद जरो भनेकै प्रचण्डलाई नाममात्रको कार्यकारी अध्यक्ष बनाइनु थियो । प्रचण्डको माग पूरा हुनेगरी समेत कार्यदलले सुझाव दिएको छ । अबदेखि सरकार सञ्चालनको नेतृत्व ओलीको र पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डको हुने सुझाव दिइएको छ । 

    यस्तैगरी यसअघि मन्त्री नियुक्ती तथा प्रदेशका मुख्यमन्त्री बनाउने क्रममा प्रम ओलीले एकलौटी गरेको निर्णयहरु समेत परिवर्तन गर्न सुझाव दिइएको छ । मन्त्रिमण्डलमा नेता माधव नेपाल र प्रचण्डलाई चार मन्त्री दिने तथा दुई मुख्यमन्त्री फेर्ने गरी सुझाव दिएको नेकपा निकट स्रोतले बताएको छ । 

    यस्तैगरी कोरोना महामारीको अन्त्यपछि मात्रै केन्द्रीय समिति बोलाउन समेत सुझाव दिइएको छ ।

    दुई अध्यक्षबीच आइतबार नै छलफल हुने भनिएपनि प्रतिवेदन अध्ययन गर्नुपर्ने भएकाले आज मात्रै छलफल भएको हो । 

    दुई अध्यक्षबीचको छलफलपछि सो प्रतिवेदनलाई क्रमश: पार्टी सचिवालय र स्थायी समिति बैठकमा पेश गर्ने तयारी रहेको छ । सो प्रतिवेदन कार्यान्वयन गर्दै नेकपाको विवाद अन्त्य हुने एक सचिवालय सदस्यले दावी गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार