Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरमा कोरोनाका कारण ६५ वर्षीय पुरुषको मृत्यु


    सोमबार, भाद्र ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरमा थप एक कोेरोना संक्रमित पुरुषको उपचारको  क्रममा मृत्यु भएको छ ।विराटनगर–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा हिजो राति करिब १० बजे  मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

    भदौ ४ मा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार