Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा थप २ जना संक्रमितकाे मृत्यु


    आइतबार, भाद्र ७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । रुपन्देहीमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

    प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार बुटवल उपमहानगरपालिका–१ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका–२ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको हाे ।

    लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएका दुवै जनामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार