काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । शनिबार नेकपा कार्यदलले बुझाएको सुझावसहितको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट हुने भएको छ ।
दुई अध्यक्षबीच सोमबार बिहान भेट हुने तय भएको बालुवाटार स्रोतले जानकारी दियो ।
नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा सरकारको काम प्रधानमन्त्री ओलीको जिम्मेवारीमा र पार्टीको काम प्रचण्डको जिम्मेवारीमा हुने लगायतको सुझाव दिएको थियो ।
कार्यदलको सुझाव अनुसार प्रम ओलीले अहिले नै राजीनामा दिनु नपर्ने र स्थायी समिति बैठक अघि बढाउनुपर्ने सुझाव दिएको छ । यस्तै पार्टीको महाधिवेशन पनि चैतकै लागि उपयुक्त हुने सुझाव समेत दिएको छ ।
नेकपा विवाद जरो भनेकै प्रचण्डलाई नाममात्रको कार्यकारी अध्यक्ष बनाइनु थियो । प्रचण्डको माग पूरा हुनेगरी समेत कार्यदलले सुझाव दिएको छ । अबदेखि सरकार सञ्चालनको नेतृत्व ओलीको र पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डको हुने सुझाव दिइएको छ ।
यस्तैगरी यसअघि मन्त्री नियुक्ती तथा प्रदेशका मुख्यमन्त्री बनाउने क्रममा प्रम ओलीले एकलौटी गरेको निर्णयहरु समेत परिवर्तन गर्न सुझाव दिइएको छ । मन्त्रिमण्डलमा नेता माधव नेपाल र प्रचण्डलाई चार मन्त्री दिने तथा दुई मुख्यमन्त्री फेर्ने गरी सुझाव दिएको नेकपा निकट स्रोतले बताएको छ ।
यस्तैगरी कोरोना महामारीको अन्त्यपछि मात्रै केन्द्रीय समिति बोलाउन समेत सुझाव दिइएको छ ।
यसअघि दुई अध्यक्षबीच आजै छलफल हुने तयारी थियो तर प्रतिवेदन अध्ययन गर्नुपर्ने भएको भन्दै सोमबारका लागि भेट तय गरिएको हो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट...
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend