Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाले जारी गर्‍यो महाधिवेशन कार्यतालिका


    आइतबार, भाद्र ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी चैतमा हुने पक्कापक्की भएको छ । जेठ २०७५ मा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपाले चैत २०७७ मा एकता महाधिवेशन गर्ने तयारी गरेको हो । 

    शनिबार नेकपाको विवाद समाधान कार्यदलले समेत आगामी चैतमा महाधिवेशन गर्न सुझाव दिएको छ । सो लगत्तै  नेकपाले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार आगामी असोजसम्म पार्टी सदस्यता नविकरण गर्ने, मंसिरसम्म गाउँ, नगर अधिवेशन सम्पन्न गर्ने तयारी छ । 

    यस्तै पुस-माघसम्ममा जिल्ला अधिवेशन सक्ने र फागुनसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ । प्रदेश अधिवेशनपछि चैतमा महाधिवेशन गर्नेगरी कार्यलातिका बनाइएको छ । 

    कार्यतालिकाअनुसार पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय समितिले मिति तय गर्ने उल्लेख छ । सत्तारुढ नेकपाभित्र तीव्र बनेको विवाद समाधानका लागि समेत महाधिवेशनमा जाने तयारी भएको हो। 

    पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीर्ष नेताले नै दुवै पदबाट राजीनामा दिन आग्रह गरेपछि ओलीले मंसिरमा गर्नेगरी अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए । तर मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै यसको विरोध भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार