Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाबु-छोराको झगडा, छोराले ढुंगा हान्दा आमाको मृत्यु


    आइतबार, भाद्र ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । मादक पदार्थ खाइ बाबुलाई ढुंगामुढा गर्ने छोराले आफ्नै आमाको हत्या गरेका छन् । लालबन्दी नगरपालिका-२ पुनर्वास टोलका ३२ वर्षीय राजवीर पासवानले घरायसी विवादमा बाबुलाई ढुंगाले हानेका थिए ।

    तर सो ढुंगा ५० वर्षीया आमा उर्मिला पासवानलाई लागेर घटनास्थलमै मृत्यु भएको थियो । पासवानलाई प्रहरीले शनिबार राति नै पक्राउ गरिसकेको छ।

    टाउकोमै चोट लागेर गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो।

    इलाका प्रहरी कार्यालय नवलपुर र लालबन्दीबाट खटिएको टोलीले राजवीरलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार