Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाली क्रिकेटरको बढ्यो तलब, एकवर्ष अघि देखिको तलबमा लागू हुने


    आइतबार, भाद्र ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली क्रिकेट खेलाडीको तलब बढेको छ । यसअघि नै नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको तलब बढाउन सिफारिस गरेको थियो ।

    क्यानको सिफारिस अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले स्वीकार गरेको क्यान स्रोतले बतायो । योसँगै क्रिकेट खेलाडीले सन् २०१९ देखि नै नयाँ स्केल अनुसार तलब पाउने भएका छन् । ती खेलाडीले सन् २०१८ को डिसेम्बरसम्मको तलब लिइसकेकाले २०१९ देखिको तलब बढ्ने भएको हो । 

    हाल ए श्रेणीमा रहेका खेलाडीको तलब ३५ हजार छ । यस्तै बी श्रेणीमा हुनेको २५ हजार र सी श्रेणीमा हुनेको १५ हजार तलब रहेको छ । अब नयाँ तलबमान अनुसार ए श्रेणीमा रहेका खेलाडीको मासिक तलब ४५ हजार, बी श्रेणीमा हुनेको ३५ हजार र सी श्रेणीमा हुनेको २५ हजार तलब हुने भएको छ ।  

    नेपाली टोलीमा अहिले कुल २३ जनाले नियमित तलब पाउने गरेका छन् । तलब पाउनेमा ए श्रेणीका सात जना, बी श्रेणीका ७ जना र सी श्रेणीका सात खेलाडी छन् । यस्तै प्राविधिकमा नेपाली टोली भिडियो एनालिष्ट तथा व्यवस्थापक रमण शिवाकोटी छन् । 

    पछिल्लो समय आईसीसीले दिने अनुदान रकम निकासा नगरेकाले खेलाडीले तलबका लागि यति धेरै समय कुर्नुपरेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार