काठमाडौं । केही दिनअघि गोंगबुमा चक्कु प्रहार गेर २४ वर्षीय लक्ष्मण तामाङको हत्या गर्ने दोर्जी शेर्पामा कोरोना संक्रमण देखिएको छ ।
कर्तव्य ज्यान मुद्दामा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा थुनामा रहेका उनीमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
ती अभियुक्तको सम्पर्कमा आएका पाँच प्रहरीलाई पनि संक्रमण देखिएको छ । संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको ज्ञवालीले बताए ।
दोर्जीलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ ।