Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रसूतिगृहमा आठ जनामा कोरोना संक्रमण पुष्टि, तीन चिकित्सक नै संक्रमित


    आइतबार, भाद्र ७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    यस्तै नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारीमा समेत संक्रमण भैसकेको छ । 

    संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेशनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेशनमा रहेको उनले जनाइन्। अहिलेसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

    आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ। स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको अस्पतालले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार