Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बोक्सीको आरोप लगाउँदै महिलालाई कुटपिट गर्ने पक्राउ


    आइतबार, भाद्र ७ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका-७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका-७ का २४ वर्षका कृष्ण यादवलाई महिलालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । 

    घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले बताउनुभयो । 

    शुक्रबार राति कुटपिटबाट घाइते महिलाको जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनापछि कृष्णलाई पक्राउ गरेको थियो । पछि प्रहरीले उनलाई छोडेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार