Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणका कारण वीरगञ्जमा एक महिलाको मृत्यु


    आइतबार, भाद्र ७ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । कोरोना संक्रमणका कारण पर्साको वीरगञ्ज महानगरपालिका-११ मा एक महिलाको मृत्यु भएको छ । 

    नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो बेलुका ५६ वर्षकी ती महिलाको मृत्यु भएको हो ।  गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ती महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

    ती महिलालाई थाइराइडको पनि समस्या रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    साउन २४ गतेदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । योसँगै नारायणी अस्थायी कोभिड अस्पताल  वीरगञ्जमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार