Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेट लिग-२: आज नेपाल पीएनजीसँग भिड्दै


    शुक्रबार, फाल्गुन १९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज शुक्रबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध मैदानमा उत्रिने भएको छ ।

    नेपाल र पीएनजीबीचको खेल दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार ११.४५ बजेबाट सुरु हुनेछ । उक्त सिरिजअन्तर्गत नेपालले पीएनजीसँग दोस्रो पटक खेल्न लागेको हो ।

    यसअघिको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो । तर अर्को खेलमा पीएनजीले भने युएईलाई १ सय ३१ रनले पराजित गरेको थियो ।

    अर्कोतर्फ दोस्रो खेलमा भने नेपालले बिहीबार युएईसँग ६८ रनको पराजय भोग्यो ।

    लिग-२ अन्तर्गत यो नेपाल र पीएनजी दुबैका लागि ३१ औँ खेल हुनेछ । यसअघि ३० खेलबाट २८ अंक जोडेको नेपाल छैटौ स्थान रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार