काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटरब्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटरब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।
लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो ।
एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म ब्याज मिटरब्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् । करिब ७ करोड भन्दा बढी पैसा उनले मिटरब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुर्याएको आफन्तजनले बताएका छन् ।
तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरब्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा...
काठमाडौँ। बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend