काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच दशरथ रङ्गशालामा प्रतिस्पर्धा हुनेछ ।
लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ । लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन् ।
लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ। खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् । गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजबाट खेल सुरु हुन लागेको हो ।
लिगमा सङ्कटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिम बिच यसपटक भिडन्त हुनेछ । एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यस अघि नै गरे अनुसार क्लबले अनुदान पाइसेका छ ।
यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend