Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिग टू क्रिकेट : यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य


    बिहिबार, फाल्गुन १८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

    टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे ।

    नेपालका लागिसन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार