काठमाडौं । पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा नेकपा एमालेलाई सहयोग गर्न नसक्ने जवाफ एमाले नेताहरुलाई दिएको छ ।
आज बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए ।
उक्त भेटघाटबारे जानकारी गराउँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले मत मागेको र अध्यक्ष नेपालले धन्यावाद दिएको बताए ।
‘उहाँहरुले राष्ट्रपति चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्नका निम्ति आग्रह गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले आफ्ना धारणा राख्दै मत माग्न आउनुभयो, सौहाद्र्धपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गर्नुभयो, तपाईंहरुलाई धेरै धन्यवाद भन्नुभयो ।’
खतिवडाले राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको जानकारी एमाले नेताहरुलाई गराएको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend