काठमाडौँ। नेकपा एमालेका शीर्ष नेताहरूले एकीकृत समाजवादीका नेताहरूसँग भावी राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत मागेका छन् । आज बिहीबार नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए ।
त्यस क्रममा एमाले नेताहरुले अध्यक्ष माधवकुमार नेपालसहित सो पार्टीका पदाधिकारीहरूसँग लामो कुराकानी गरेका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको दुई पार्टीका नेताहरूको भेटमा एमाले नेताहरूले मत माग्नुका साथै पार्टी एकताको प्रस्ताव गरेका थिए ।
भेटवार्तापछि एमाले उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल चलाउने पार्टी निर्णय अनुसार एकीकृत समाजवादीका नेताहरूसँग पहिलो भेटवार्ता गरेको बताए । त्यस क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सबै पदाधिकारीसँग कुराकानी गर्दै सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल गरेको बताए ।
एमाले नेताहरू राष्ट्रपति पदका उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,रघुवीर महासेठ र विमला राई समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेट्न आलोकनगर पुगेका हुन् । एमाले नेताहरूले आजै बिहीबारै राप्रपा र रास्वपाका अध्यक्षलाई भेटेर मत माग्ने तयारी गरेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend