काठमाडौँ। नेकपा एमालेका शीर्ष नेताहरूले एकीकृत समाजवादीका नेताहरूसँग भावी राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत मागेका छन् । आज बिहीबार नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए ।
त्यस क्रममा एमाले नेताहरुले अध्यक्ष माधवकुमार नेपालसहित सो पार्टीका पदाधिकारीहरूसँग लामो कुराकानी गरेका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको दुई पार्टीका नेताहरूको भेटमा एमाले नेताहरूले मत माग्नुका साथै पार्टी एकताको प्रस्ताव गरेका थिए ।
भेटवार्तापछि एमाले उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल चलाउने पार्टी निर्णय अनुसार एकीकृत समाजवादीका नेताहरूसँग पहिलो भेटवार्ता गरेको बताए । त्यस क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सबै पदाधिकारीसँग कुराकानी गर्दै सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल गरेको बताए ।
एमाले नेताहरू राष्ट्रपति पदका उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,रघुवीर महासेठ र विमला राई समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेट्न आलोकनगर पुगेका हुन् । एमाले नेताहरूले आजै बिहीबारै राप्रपा र रास्वपाका अध्यक्षलाई भेटेर मत माग्ने तयारी गरेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend