Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नामकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा


    बिहिबार, फाल्गुन १८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

    कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाइ घोषणा गरेको हो ।

    हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार