Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रदेश १ को नाम ‘कोशी’, पक्षमा ८२ मत खस्यो


    बुधबार, फाल्गुन १७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

    आज साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले कोशीको पक्षमा मतदान गरेका छन् ।

    विपक्षमा जम्मा ४ मत परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार