Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछाने यूएई प्रस्थान


    बुधबार, फाल्गुन १७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै लामिछाने यूएई प्रस्थान गरेका छन् ।

    आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’मा सहभागिताको उद्देश्यसहित सन्दीप यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिएको छ।

    आज दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले फेसबूकमार्फत जानकारी दिएको छ ।

    रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आईसीसीसँग आग्रह गरेको थियो ।

    नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ ।​ टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ ।

    नेपालले बिहीवार र सोमबार यूएई तथा शुक्रबार पीएनजीविरुद्ध खेल्दैछ ।

    उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् ।

    तर,अब सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि सन्दीप यूएई जाने बाटो खुलेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार