काठमाडाैं। क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै लामिछाने यूएई प्रस्थान गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’मा सहभागिताको उद्देश्यसहित सन्दीप यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिएको छ।
आज दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले फेसबूकमार्फत जानकारी दिएको छ ।
रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आईसीसीसँग आग्रह गरेको थियो ।
नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ । टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ ।
नेपालले बिहीवार र सोमबार यूएई तथा शुक्रबार पीएनजीविरुद्ध खेल्दैछ ।
उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् ।
तर,अब सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि सन्दीप यूएई जाने बाटो खुलेको हो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend