Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति निर्वाचनपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने


    बुधबार, फाल्गुन १७ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चुनावपछि मात्र विश्वासको मत लिने तयारी गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको बताए।

    ‘प्रधानमन्त्रीले उचित समयमा विश्वासको मत लिनुहुन्छ। प्रतिनिधि सभाको बैठक नै चैत ५ गते बोलाइएको छ,’ उनले भने,‘प्रतिनिधि सभा बैठकको मितिका कारणले समेत राष्ट्रपतिको चुनावअघि विश्वासको मत लिइँदैन भन्ने हो।’

    राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ।

    कांग्रेस र नेकपा (एमाले) दुवैले प्रमुख विपक्षी दल आफू रहेको दाबी गरेपछि आज बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक आगामी चैत ५ गतेसम्मको लागि सरेको हो।

    एमालेले भने प्रचण्ड नेतृवको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ।

    पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले २६८ मत पाएका थिए।

    तत्कालीन गठबन्धनका दलहरू एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्। यसतै,गत पुस १० गतेको सत्तासमीकरण गत फागुन १२ गते नयाँ आठ दलीय गठबन्धन भएसँगै तोडिएको थियो । उक्त आठ दलमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँगै लोकतान्त्रिक समाजवादी पार्टीसमेत समेटिएर बलियो बनेको छ ।

    यो समीकरणबाट एमाले र राप्रपा बाहिरिएका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार