Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् फेरि बढ्यो सुन-चाँदीको मूल्य


    बुधबार, फाल्गुन १७ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले महङ्गिएको हो ।

    यसअघि प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि भने तोलामा १ लाख १ हजार ३ सय रुपैयाँ थियो ।

    यता, चाँदीको भाउ पनि बढेर प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ बढेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार