Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सवारी दुर्घटनामा बुटवलका पत्रकार मनोज हितंगाको मृत्यु


    आइतबार, फाल्गुन १४ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जना पत्रकारको ज्यान गएको छ । गएराति बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको हो।

    लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

    दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

    लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार