काठमाडौं । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले सचिवालयको शनिबार बिहानदेखि बसेको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेले नेम्वाङलाई अगाडि सारेको छ । कांग्रेसको शनिबार बिहान बसेको बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी सहितका ८ दलको समर्थनमा पौडेल राष्ट्रपतिमा यम्मेदवार भएकाले उनको जित निश्चित देखिएपछि एमालेले नेम्वाङलाई अगाडि सारेको छ । यदि माओवादीसँग गठबन्धन कायमै रहेको भए एमालेले नेम्वाङलाई होइन, अध्यक्ष ओलीका एसम्यान डोरमणि पौडेल, बिष्णु रिमाल जस्ता ब्यक्ति उम्मेदवार बनाउने चर्चा थियो । तर माओवादीसँग गठबन्धन तोडिएपछि राष्ट्रपतिमा एमालेले नेम्वाङलाई अगाडि सारेको छ । जित्ने अवस्थामा भने नेम्वाङ ओलीको सूचीमा थिएनन् ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend