Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने


    शनिबार, फाल्गुन १३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले सचिवालयको शनिबार बिहानदेखि बसेको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेले नेम्वाङलाई अगाडि सारेको छ । कांग्रेसको शनिबार बिहान बसेको बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी सहितका ८ दलको समर्थनमा पौडेल राष्ट्रपतिमा यम्मेदवार भएकाले उनको जित निश्चित देखिएपछि एमालेले नेम्वाङलाई अगाडि सारेको छ । यदि माओवादीसँग गठबन्धन कायमै रहेको भए एमालेले नेम्वाङलाई होइन, अध्यक्ष ओलीका एसम्यान डोरमणि पौडेल, बिष्णु रिमाल जस्ता ब्यक्ति उम्मेदवार बनाउने चर्चा थियो । तर माओवादीसँग गठबन्धन तोडिएपछि राष्ट्रपतिमा एमालेले नेम्वाङलाई अगाडि सारेको छ । जित्ने अवस्थामा भने नेम्वाङ ओलीको सूचीमा थिएनन् ।

    यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार