Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीपलाई अदालतले दिएन भोलि यूएई जाने अनुमति


    शुक्रबार, फाल्गुन १२ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेशी आइतबारलाई तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो।

    पेशी आइतबार तोकिएकोले भोलि सन्दीपले युएई जान नपाउने भएका छन्।

    उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार