Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा


    आइतबार, बैशाख २४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज आइतबार स्थगितको सूचीमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।

    काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो । फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ ।

    हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ । यसअघि वैशाख ११ गतेको पेसीमा चढेको उक्त मुद्दामा पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने डाक्टरलाई नै झिकाएर बकपत्र गराउने आदेश भएको थियो ।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार