Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने


    शुक्रबार, फाल्गुन १२ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।

    हिजो साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका थिए । सोही विषयमा ओलीसँग आज वार्ता गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

    त्यसअघि बिहान ८ बजे नेपाली कांग्रेससँग छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार