Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजधानीमा जुवातास खेल्ने आठ जना पक्राउ


    मंगलबार, फाल्गुन ९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजधानीमा जुवातास खेल्ने आठ जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत आठ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ३३ हजार ६ सय रूपैयाँ र नौं बुक तास बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार