काठमाडौं । राजनीतिक दलबीच आगामी राष्ट्रपति कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । राजनीतिक दलका शीर्षनेता आफू अनुकूलको राष्ट्रपति बनाउने कसरतका साथ भेटवार्तालाई बाक्लो बनाइरहेका छन् । सत्ता साझेदार दलको प्रमुख घटक नेकपा एमालेले सरकार गठनका क्रममा पुस १० गते भएको समझदारी अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दावी गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा पनि ओलीले विगतको समझदारी कार्यान्वयन हुनुपर्ने अडान दोहोर्याइरहेका छन् । यता प्रधानमन्त्रीले नेपाली कांग्रेसलाई पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने र अबको राष्ट्रपति कांग्रेसबाट हुने आश्वासन दिएर विश्वासको मत लिएपछि राष्ट्रपतिको उम्मेदवार चयनको विषय पेचिलो बन्दै गएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा गरिरहनु तथा सत्ता साझेदार एमालेले आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दावी गर्नु साथै विश्वासको मत दिएर सरकारलाई सघाउने कांग्रेसले पनि आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बनाउने दवाव दिन थालेपछि प्रचण्ड चेपुवामा परेका छन् ।
राजनीतिमा सक्रिय व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन दलहरूबीच समझदारी नबन्ने वातावरण बन्दै गएपछि राजनीतिक दलका दोस्रो तहका नेताले वरिष्ठ अधिवक्ता शम्भु थापाको नाम राष्ट्रपति उम्मेदवारका रुपमा छलफलमा ल्याएका छन् ।
कांग्रेस र एमालेको आआफ्नै अडान तथा माओवादी केन्द्रको सहमति खोज्ने प्रयासका बीच वरिष्ठ अधिवक्ता थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा सुरु भएको हो । राजनीतिक दलबीच राष्ट्रिय सहमति खोज्ने बहस जारी रहँदा राष्ट्रपतिमा थापाको नाम आएको हो ।
अब चयन हुने राष्ट्रपति सर्वमान्य व्यक्ति हुनुपर्ने भन्दै राजनीतिक दलका दोस्रो तहका नेताले थापाको नाममा सहमति जुटाउन पहल थालेका हुन् । अब शीर्ष तहमा राष्ट्रपतिको उम्मेदवार थापालाई बनाउन नेताहरूले दवाव दिन लागेको समाचार स्रोतले जनाएको छ ।
एमाले र माओवादी भित्रका दोस्रो तहका नेताले राष्ट्रपतिको उम्मेदवारमा थापाको नाम अघि सारेका हुन् । उनीहरूले कांग्रेस नेताहरूसँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।
थापा नेपाल बारका पूर्वअध्यक्ष हुन्। लोकतन्त्र मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षधर थापा नेपालको जनआन्दोलन २०६२-०६३ मा नागरिक समाजका तर्फबाट आन्दोलनको अगुवा हुन् ।
वरिष्ठ अधिवक्ता थापालाई एमाले र कांग्रेसले पटक पटक न्यायाधीश बन्न आग्रह गर्दा पनि उनले अस्वीकार गर्दै आएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend