Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेस्सीको फ्रिकिकमा पीएसजी विजयी


    सोमबार, फाल्गुन ८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो ।

    यसअघि काइलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।

    तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याई दिए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

    खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो ।

    लिग वानमा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार