काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । ट्याक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि आज उनी रिहा हुन लागेका हुन ।
उनको रिहाईका लागि कैलाली जिल्ला प्शाशन कार्यालयले आवाश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोली अझैसम्म टुंगो भने लागिसकेको छैन् । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भए पछि त्यसका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । एक दशक अगाडीका सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend