काठमाडौं। नेपालले शनिबार भएको नामिबियाविरुद्धको खेलमा शानदार जित हासिल गरेको छ ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकेटको क्षतिमा ४७.३ ओभरमा पूरा गरेको छ ।
नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।
त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ४९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलमनले तीन, बेनार्ड स्कल्जले दुई र टंगेनी लुंगामेनी एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनायो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend