Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य


    शनिबार, फाल्गुन ६ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत जारी म्याचमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो ।

    नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । यस्तै, पीकीं या फ्रान्सले ३९ बलमा ४९ रन बनाए ।

    लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन जोडे । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

    नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । सन्दीप यसै खेलबाट विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गर्न सफल भए । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । यस्तै करण केसीको नामा १ विकेट रह्यो ।

    यसअघि मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।

    सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने नामिबिया ३२ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

    आजको खेलमा नामिबियालाई हराउँदै नेपाल लगातार तेस्रो जित दर्ता गर्दै लिग २ मा शीर्ष तीनको सम्भावना बचाइराख्न चाहन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार