काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले लगातार दुई विकेट लिएको छ। उक्त तेस्रो खेलमा नामिबियाविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका हुन् ।
संयमित ओपनिङ गरेको नामिबियाविरुद्ध सन्दीप लामिछानेले दुवै ओपनरलाई पेभिलियन पठाए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको नामिबियाको ओपनिङ जोडीले सन्दीपले आफ्ना पछिल्ला दुई ओभरमा लगातार आउट गरे।
१४.३ ओभमार कार्ल बिर्केनस्टोक्सलाई २० रनमा आउट गरेका लामिछानेले आफ्नो अर्को ओभर अर्थात् १६.५ ओभरमा ओपनर लो-हान्ड्रे लौरेन्सलाई ४१ रनमा आउट गरे। अहिले नामिबिया ६७ रनमा २ विकेट गुमाएर खेलिरहेको छ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ। नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। जारी सिरिजमा यो नामिबिया विरुद्धको अन्तिम खेल हो।
पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend