एजेन्सी। अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा १ जना पुरुषले आफ्नो पूर्व पत्नीसहित ६ जनाको गोली हानेर हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा गोली प्रहर गरेका थिए ।
यस घटना भएको आर्काबुटालमा ३ सयभन्दा कम मानिसहरू बसोबास गर्छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको जानकारी दिएको छ । उनले के कारणले गोलीबारी गरे भन्ने उद्देश्य भने खुल्न बाँकी रहेको छ ।
मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए ।
उनले पहिले एक अपरिचित व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि नजिकैको घरमा पुगेर आफ्नो पूर्व पत्नीलाई गोली हानेका थिए । उनले पूर्वपत्नीको मंगेतरलाई भने गोली हानेनन् ।
त्यसपछि बाटोमा दुईजना व्यक्तिलाई गोली हानेका उनले घर नजिकै दुई निर्माण कामदारलाई गाली प्रहार गरेका थिए ।
शुक्रबार भएको घटनासँगै अमेरिकामा यो वर्ष बन्दुकसम्बन्धी सामूहिक हिंसाको घटनाको सङ्ख्या ७३ पुगेको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend