Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज यस्तो छ सुन-चाँदीको मूल्य


    शुक्रबार, फाल्गुन ५ २०७९
    3.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेले घट्दै १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार