काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष लिङ्देनले आज आइतवार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन रहेको छ । अध्यक्ष लिङदेनको प्रश्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक छन् । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा लिङदेनसँग सिटौला पराजित भएका थिए । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ । प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend