काठमाडौं । नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेमा बौद्धिक नेताको छवि बनाएका शाही कर्णाली प्रदेश योजना आयोगको सदस्य थिए । घनश्याम भुसालनिकट शाहीले भुसालले जस्तै चुनावमा टिकट नपाएपछि पार्टी नै छाडेका हुन्।
शाहीले विज्ञप्तिमा लेखेका छन्,‘एमालेले गर्ने एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रहजस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो। यस्तै विविध कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु।’
यस्तो छ शाहीको बिज्ञप्तिको पूर्णपाठ
प्रेश विज्ञप्ति
सानै उमेरदेखि लोकतान्त्रिक वामपन्थी आन्दोलनमा होमिएको मेरा लागि यही आन्दोलनमार्फत् नेपालको स्वाभिमान, राष्ट्रियता, समृद्धि र समानता हासिल गर्न सकिन्छ भन्ने अगाध विश्वास रहेको छ । यही भएर नै हामी लोकतन्त्रका लागि लड्दै कम्युनिस्ट आन्दोलन एकीकृत हुन पर्दछ भनी मूल प्रवाहमा समाहित भएका थियौँ । विभिन्न बेलामा वामपन्थीहरू र प्रजातान्त्रिक शक्तिहरूमाझ देखा परेका विभाजनका कारण नेपालले निरन्तर राजनीतिक अस्थिरता भोगी समानता, न्याय, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको आन्दोलन कमजोर भएको दृश्य हाम्रा अगाडि ताजै छ । लाखौँ इमान्दार कार्यकर्ताको रगत र पसिनाबाट नै हरेक प्रगतिशिल आन्दोलनको आत्मा तयार हुन्छ । तर जब जब सत्ता र शक्तिका लागि नेतृत्व र पार्टीले आन्दोलनको मर्म, सिद्धान्त, कार्यकर्ताको रगत, पसिना र आँसु बिर्सन्छ, यही बिन्दुबाट चरम गुटबन्दी, सत्ता मोहका कारण हतकन्डाहरू, विचारविहीनता र सिद्धान्तविहीनताको पराकाष्टा सुरु हुन्छ ।
हामीले एकीकृत नेकपाको पुनर्गठनले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र आम समानता ल्याउने अपेक्षा गरेका थियौँ । अन्तरपार्टी सघर्षलाई लिएर पटक–पटक गैरजिम्मेवार तवरले गरिएको संसद विघटन जस्तो कार्यप्रति असहमति हुँदा हुँदै पनि पार्टीलाई सकभर विभाजन नगरौँ भन्ने मनसायले १० बुँदे सम्बद्ध नेता र कार्यकर्ताहरू एमालेमै उभिन पुगेका थिए । तर पनि नेकपा एमालेमा राजनीतिक फरक विचारप्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनेदेखि अझ पछिल्लो अवधिमा क. भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । नेकपा एमालेमा देखिएका यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।
तर पनि नेपालमा वाम प्रजातान्त्रिक आन्दोलनलाई अझ बलियो र शसक्त बनाउन नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी लगायत सबै कम्युनिस्टका साथै नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक पार्टीमा रहेका सहयोद्धाहरूसँग सहकार्यलाई निरन्तरता राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । देश र जनताको प्रगति र अग्रगमनका लागि हाम्रो अथक प्रयास र ऐक्यवद्धता निरन्तर जारी रहने नै छ ।
योगेन्द्रबहादुर शाही
सचिव ,नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभाग
२०७९ असोज २२
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend