काठमाडौं। तनहुँ क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एमालेको तर्फबाट पूर्ण गरुङ उठ्ने भएका छन् । आसन्न प्रतिनिधीसभाको चुनावमा कांग्रेसभित्र टिकटको बिषयमा लफडा भइरहेको बेला गुरुङलाई एमाले अध्यक्ष ओलीले बोलाएर तनहुँ क्षेत्र नम्वर १ बाट चुनाव लड्न आग्रह गरेको स्रोतको भनाइ छ।
हिजो बुधवार बालकोटस्थित ओली निवासमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा ओली र गुरुङबीच भेटवार्ता भएको वताइएको छ ।
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी एमाले समर्थनमा चुनाव लड्ने चर्चाका बीच गुरुङसँग समेत ओलीले सम्वाद गरेपछि तनहुँमा चुनाबी माहोल रोचक बन्ने देखिएको छ।
गुरुङलाई यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसले समानुपातिकमा पनि राखेको थियो।
भावी टिकट वितरण र चुनावी सहकार्यबारे कुरा भएको गुरुङले बताएका छन् ।
तनहुँ क्षेत्र नम्वर १ मा कांग्रेसका नेता रामचन्द्र पौडेललाई समाजबादीका नेता किसान श्रेष्ठले छाड्ने वताइसकेका छन्।
एमालेले पूर्ण गुरुङलाई टिकट दिने पक्का भयो भने गुरुङ तरुण दलका हजारौ कार्यकर्ताहरुसहित एमाले प्रवेश गरी फेरी रामचन्द्र पौडेलसँग भिड्ने अवस्था देखिएको तरुण दलकै एक नेता वताउँछन्। गुरुङ यसअघि पौडेलसँग बागी बनेर चुनाव लड्दा करिब पाँच हजार मत ल्याएका थिए।
गुरुङ एमालेबाट चुनाव लडे भने कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि समर्थन गर्ने बुझिएको छ। यो हिसाबले पनि उनले पौडेलसँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ। कांग्रेस र युवा कार्यकर्ताहरुमाझ लोकप्रिय रहेका गुरुङको तनहुँमा ठुलो पकड रहेको हुँदा पनि ओलीले गुरुङलाई नै रोज्न लागेको तनहुँ कांग्रेसका एक नेता वताउँछन्।
गुरुङ कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीका विश्वासिला नेता पनि हुन। तनहुँमा जनजातीको बाहुल्यता रहेको हुँदा ओलीले गुरुङलाई नै रोज्न लागेको हुनसक्ने ओली निकट स्रोतले वताएको छ।
तर, कांग्रेसले गुरुङजस्ता पार्टीमा पकड भएका युवाहरुलाई उपेक्षा गरिरहेको बेला एमालेले समयमै निर्णय गर्यो भने तनहुँ कांग्रेसमा ठुलो उथलपुथल हुने देखिन्छ।
यता,एमाले अध्यक्ष ओलीले आजै पूर्व आईजीपी सर्वेन्द्र खनाललाई पनि एमालेमा प्रवेश गराउँदै छन्। खनाल पनि तनहुँबाट चुनाव लड्ने चर्चा छ। यद्यपी खनाललाई काठमाडौं तथा बारा वा पर्साबाट चुनाब लडाउने पनि चर्चा छ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend