काठमाडौं। तनहुँ क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एमालेको तर्फबाट पूर्ण गरुङ उठ्ने भएका छन् । आसन्न प्रतिनिधीसभाको चुनावमा कांग्रेसभित्र टिकटको बिषयमा लफडा भइरहेको बेला गुरुङलाई एमाले अध्यक्ष ओलीले बोलाएर तनहुँ क्षेत्र नम्वर १ बाट चुनाव लड्न आग्रह गरेको स्रोतको भनाइ छ।
हिजो बुधवार बालकोटस्थित ओली निवासमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा ओली र गुरुङबीच भेटवार्ता भएको वताइएको छ ।
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी एमाले समर्थनमा चुनाव लड्ने चर्चाका बीच गुरुङसँग समेत ओलीले सम्वाद गरेपछि तनहुँमा चुनाबी माहोल रोचक बन्ने देखिएको छ।
गुरुङलाई यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसले समानुपातिकमा पनि राखेको थियो।
भावी टिकट वितरण र चुनावी सहकार्यबारे कुरा भएको गुरुङले बताएका छन् ।
तनहुँ क्षेत्र नम्वर १ मा कांग्रेसका नेता रामचन्द्र पौडेललाई समाजबादीका नेता किसान श्रेष्ठले छाड्ने वताइसकेका छन्।
एमालेले पूर्ण गुरुङलाई टिकट दिने पक्का भयो भने गुरुङ तरुण दलका हजारौ कार्यकर्ताहरुसहित एमाले प्रवेश गरी फेरी रामचन्द्र पौडेलसँग भिड्ने अवस्था देखिएको तरुण दलकै एक नेता वताउँछन्। गुरुङ यसअघि पौडेलसँग बागी बनेर चुनाव लड्दा करिब पाँच हजार मत ल्याएका थिए।
गुरुङ एमालेबाट चुनाव लडे भने कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि समर्थन गर्ने बुझिएको छ। यो हिसाबले पनि उनले पौडेलसँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ। कांग्रेस र युवा कार्यकर्ताहरुमाझ लोकप्रिय रहेका गुरुङको तनहुँमा ठुलो पकड रहेको हुँदा पनि ओलीले गुरुङलाई नै रोज्न लागेको तनहुँ कांग्रेसका एक नेता वताउँछन्।
गुरुङ कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीका विश्वासिला नेता पनि हुन। तनहुँमा जनजातीको बाहुल्यता रहेको हुँदा ओलीले गुरुङलाई नै रोज्न लागेको हुनसक्ने ओली निकट स्रोतले वताएको छ।
तर, कांग्रेसले गुरुङजस्ता पार्टीमा पकड भएका युवाहरुलाई उपेक्षा गरिरहेको बेला एमालेले समयमै निर्णय गर्यो भने तनहुँ कांग्रेसमा ठुलो उथलपुथल हुने देखिन्छ।
यता,एमाले अध्यक्ष ओलीले आजै पूर्व आईजीपी सर्वेन्द्र खनाललाई पनि एमालेमा प्रवेश गराउँदै छन्। खनाल पनि तनहुँबाट चुनाव लड्ने चर्चा छ। यद्यपी खनाललाई काठमाडौं तथा बारा वा पर्साबाट चुनाब लडाउने पनि चर्चा छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend