Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै


    मंगलबार, असोज ४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज  बस्दै छ ।कार्यदलको बैठक बालुवाटारमा बस्ने   भएको छ ।

     आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । यद्यपि आजको बैठकको समय तय भइनसकेको एक नेताले जानकारी दिए ।

    यसअघि भदौ ३० गते बिहिबार बसेको बैठकले निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि असोज ४ गते प्रत्यक्ष तर्फको सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो ।
    समानुपातिक बन्द सूची बुझाउनका लागि स्थगित भएको गठबन्धनको बैठक निर्वाचन आयोगमा बन्द सूची बुझाएसँगै नेताहरू फेरि छलफलमा जुट्न लागेका हुन्। पटक(पटक बैठक बस्दा पनि प्रत्यक्षतर्फका उम्मेदवार चुन्‍न सकेको छैन।

    आज सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने दलहरुको तयारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार