काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेसहित ४ सचिवको सरुवा गरेको छ ।
सरुवामा परेका गृहसचिव पाण्डेको अष्ट्रेलिया भ्रमण तय भई हवाई टिकट समेत काटिसकेपछि उनको सरुवा भएको छ । असोज १ गते उनी गृहसचिवकै हैसियतमा अष्ट्रेलिया जाँदै थिए । तर अष्ट्रेलिया जानु भन्दा ४ दिनअघि गृहबाट उनको सरुवा भएको छ ।
गृहमन्त्रालयका एक सहसचिवले भने–‘टिकट काटिसकेकाले अब उहाँ नेपाल सरकारको सचिवको हैसियतले जानुहुनेछ ।’
१३ महिनाअघि २०७८ साउन २५ मा गृहमन्त्रालयको सचिवमा सरुवा भएका टेकनारायण पाण्डे शिक्षा समूहका हुन् । गृहको अनुभव भएकालाई सचिव नबनाई खाँणले शिक्षा समूहका पाण्डेलाई जिम्मेवारी दिएका थिए । गृह बुझेको सचिव लाँदा प्रहरीका सरुवा बढुवामा अडान लिनसक्ने भएकाले एसम्यान खोज्ने क्रममा खाँणले उनलाई लगेका थिए ।
खाँण गृहमन्त्री भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका बढुवामा भएको बेथिति रोक्ने सवालमा सचिव पाण्डेको कुनै भूमिका हुन सकेन । सशस्त्रका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई दीपेन्द्र कुँवरलाई बढुवा गर्दा ऐन नियमको ठाडो उल्लंघन हुँदा समेत बढुवा समितिका अध्यक्षको भूमिकामा रहेका पाण्डेले कुनै भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ ।
सरकारले गृहमन्त्रालयको सचिवमा एक नम्बर प्रदेशका प्रमुख सचिव विनोदप्रकाश सिंहलाई सरुवा गरेको छ । उनी यसअघिकै सचिव सरुवामा गृहमा आउने चर्चा थियो ।
अख्तियारका सचिव तोयम रायालाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योगका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको अतिरिक्त समूहमा लगिएको छ । अख्तियारमा प्रधानमन्त्री कार्यालयका रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । गृहसचिवमा विनोद सिंहलाई सरुवा गरेपछि प्रदेश १ नम्बरको प्रमुख सचिव पदरिक्त भएको छ । तत्काल सचिव बढुवा नहुने भएकाले प्रदेश न एकमा निमित्त प्रमुख सचिवले कामकाज गर्नेछन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend