Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सचिव पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति


    आइतबार, बैशाख २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई थप थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

    तत्कालीन गृहसचिव रहेका पाण्डे नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनलाई वैशाख २० गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।

    पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार