Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्घटनामा एकको मुत्यु, तीन गम्भीर घाइते


    सोमबार, साउन १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भोजपुर  ।  भोजपुरको आमचोक गाउँपालिकामा ट््याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

    आमचोक–३ को हागातुङ सडकखण्डमा बयाङबाट बालाङ्खातर्फ जाँदै गरेको १–०२–००३ त ५८८ नम्बरको ट््याक्टर दुर्घटना हुँदा २८ वर्षीय चालक दीपक कुँवरको आइतबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते हुनेमा १४ वर्षीय नवहाङ राई, १६ वर्षीय विकास कुँवर र १८ वर्षीय सहचालक नकुल राई रहेका छन् । उनीहरुको धरान स्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट््याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरेको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार